सीपी अस्पताल धनगढीले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ११ सय २० जना लाभाम्वित भएका छन्।
शनिबार कैलारी गाउँपालिका ५ स्थित नागेश पशुपति मन्दिर, पबेरा परिसरमा राखिएको शिविरबाट सो संख्यामा स्थानीयहरुले स्वास्थ्य परिक्षण गरेको अस्पतालका प्रशासन प्रमुख हेम जाेशीले जानकारी दिए।
शिविरमा वरिष्ठ जनरल सर्जन डा. चन्द्र प्रकाश पाण्डे, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन गौरव कुमार गुप्ता, वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. पुजन रन्जित, अल्ट्रा सोनोलोजिस्ट डा. मिठ्ठु श्वार, डा. शक्ति कार्की लगायतले विभिन्न सेवा प्रदान गरेका थिए।
शिविरको व्यवस्थापन नागेश पशुपति शिक्षा मन्दिर र स्मार्ट सोसाइटी नेपाल पबेराले गरेको थियो।
दूर दराजका ग्रामिण बस्तीमा स्वास्थ्य सेवा चेतना बढाउने र आर्थिक अवस्था कमजोर भएकालाई घरआगनमै निशुल्क स्वास्थ सेवा दिने उदेश्यले शिविर संञ्चालन गरिएको अस्पतालका अध्यक्ष पाण्डेले बताए।
साथै उनले आगामी दिनमा पनि सुदूरका विभिन्न पाहाडी तथा ग्रामिण भेगमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताए।
शिविरको उद्घाटन कैलोरी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी तथा सीपी अस्पतालका अध्यक्ष तथा वरिष्ठ जनरल सर्जन डाक्टर सीपी पाण्डेले संयुक्त रुपमा गरेका थिए।
प्रतिक्रिया