ad ad

कला


रहेनन्, ‘छेक्यो छेक्यो देउराली डाँडा’का सर्जक शुक

रहेनन्, ‘छेक्यो छेक्यो देउराली डाँडा’का सर्जक शुक

वाशुदेव मिश्र
पुस ६, २०७६ आइतबार १३:४७,

गीतकार/संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ। मधुमेह र मृगौला रोगबाट पीडित उनी लामो समयदेखि उपचाररत थिए। अन्ततः उनले ५४ वर्षकै उमेरमा यो धर्ती छाडे। 

संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका उनका दर्जनौँ चर्चित गीत रहेका छन्।

गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो। जस्मा उनका ७८ वटा गीतहरु समावेश गरिएको छ।

संगीतकार सुक गुरुङको स्थायी ठेगाना दिव्यनगर ६ चितवन हो। पुर्ख्याैली थलो ठूलो काभ्रे लमजुङ हो। उनले नेपाली कथानक चलचित्र विमनाको गीत लेखन र संगीत भरेका थिए। उनकी श्रीमती जुनासहित दुई छोरा र एक बुहारी रहेका छन्।

सुक गुरुङ उपचार सहयोग समितिका संयोजक जगन गुरुङका अनुसार देश विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीबाट ५५ लाख रकम संकलन गरेर उपचार गर्दा पनि उनलाई बचाउन सकिएन।

हालसम्म उनको उपचारमा ८ लाख उपचारमा खर्च भएको र २० लाख फिक्स डिपोजिटमा राखेर त्यसैको व्याजबाट उपचार हुँदै आएको जगनले जनाए। ‘उहाँको लागि २२ लाखमा घर पनि बनाएका थियौं पछिल्ला वर्षमा उहाँ सोही घरमा बस्दै आउनु भएको थियो’,उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .