काठमाडौंमा भाडाकारमा छुटेको मोबाइल फोन ट्राफिक प्रहरीको सकृयतामा फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ।
बिहीबार बिहान ११ः३० बजेको समयमा ललितपुरको बखुण्डोलदेखि थापाथलीसम्म यात्रा गर्ने क्रममा दुर्गा महत्तो खनालको बा १ ज ४९३५ नम्बरको भाडाकारमा ओप्पो ए६ मोडलको मोबाइल फोन छुटेको थियो।
उनले दिएको लिखित निवेदनको आधारमा खोजतलासका क्रममा ट्राफिक प्रहरीले भाडाकार चालकको साथबाट सो मोबाइल फोन फेला पारेको हो।
उक्त मोबाइल फोन सम्बन्धित धनीको पहिचान गरी आजै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा हस्तान्तरण गरिएको हो।
54
Shares
प्रतिक्रिया