ad ad

समाज


चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको हृदयाघातले निधन

चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको हृदयाघातले निधन

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ०:११,

चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ। ४५ वर्षीय भट्टराईको आईतबार राती साढे १० बजे निधन भएको हो।

चाबहिलस्थित ओम अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको मृत्युको कारण खुलेको छैन। यद्यपी हृदयघातका कारण उनको निधन भएको ओम अस्पताल स्रोतले जनाएको छ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने अस्पतालले जनाएको छ।

वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका भट्टराईलाइ उपचारार्थ ओम अस्पताल लगिएकाे थियाे। अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भट्टराईकाे शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए।

भट्टराई चलचित्रका निर्देशकका साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए। उनका श्रीमती र एक छोरा छन्। भट्टराईकाे आजै अन्त्येष्टि गरिने छ।

४ चैत २०७५ मा सरकारले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। अध्यक्ष हुनुअघि उनी लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा सक्रिय थिए।

पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो।

भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए। उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्र निर्माण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .