ad ad

समाज


जनकपुरमा शंकास्पद वस्तु : बम भएको आशंकामा सेनाको डिस्पाेजल टोली घटनास्थलमा (अपडेट)

जनकपुरमा शंकास्पद वस्तु : बम भएको आशंकामा सेनाको डिस्पाेजल टोली घटनास्थलमा (अपडेट)

शैलेन्द्र महताे
मंसिर २९, २०७६ आइतबार १६:५०,

धनुषामा बम बिस्फोटमा परि तीनजनाको ज्यान गएको घटनाले सर्वसाधारण शोकमै रहेको बेला जनकपुरमा बम जस्तै शंकास्पद वस्तु आइतबार फेरि फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति ९ बजे फेला परेको हो।

शंकास्पद् वस्तु फेला परेको दुईघन्टा पछि राती सेनाको बम डिस्पोजल टोली घट्नास्थल पुगेको छ। तर, सो वस्तुको डिस्पोज सोमबार विहान मात्र गर्ने प्रहरी नायव उपरिक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिए।

Armybombdisposal2

स्थानीय एकपसलेको पर्खालमा झोलामा राखेर छाडिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ।

अहिले प्रहरी त्यहाँ घेरा हालेर आवत जावतमा रोक लगाएको छ। कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाँ आवत जावतमा रोक लगाइएको धनुषाका डिएसपी कार्कीले बताए। त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोलिलाई खबर गरिएको हो।

धनुषाकै महेन्द्रनगरमा शुक्रबार राती बम विष्फोट हुँदा प्रहरी निरिक्षक सहित तीन जनाको ज्यान गएको घट्ना लगत्तै शंकास्पद् वस्तु भेटिएका कारण स्थानीयवासी त्रसित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .