ad ad

समाज


मेडिकल कलेजमा शुल्क विवाद: प्रशासन नजिकका परीक्षामा, बाँकी बहिष्कारमा

मेडिकल कलेजमा शुल्क विवाद: प्रशासन नजिकका परीक्षामा, बाँकी बहिष्कारमा

वाशुदेव मिश्र
मंसिर १९, २०७६ बिहिबार १४:२०,

चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले लिएको शुल्कबारे अध्ययन र छानविन गर्न ५ सदस्यीय समिति गठन गरिरहँदा विद्यार्थीहरुले भने चिकित्सा शिक्षा आयोगले लिइरहेको परीक्षा नै बहिष्कार गरेका छन्।

यतिबेला एमविविएस प्रथम वर्षको परीक्षा चलिरहेको छ। यही उपक्रममा पोखरामा रहेको गण्डकी मेडिलक कलेजका विद्यार्थीहरुले मध्ये केहीले विहीबार परीक्षामा सहभागिता जनाए भने केहीले बहिष्कार गरे। यतिबेला एमविविएस प्रथम वर्षको परीक्षा चलिरहेको छ।

वहिष्कार गर्नेहरु आन्दोलनको पक्षमा थिए भने जाँच दिनेहरु व्यवस्थापनसँग नजिक रहेकाहरु। यही १० मंसिरमा सरकारले एमबिबिएस र बिडिएसका विद्यार्थीको मात्रै पहिलो र दोस्रो वर्षको शुल्क फिर्ता या समायोजन गर्ने गरी कलेज सञ्चालकसँग सहमति गरेको थियो।

त्यही आधारमा केही विद्यार्थी परीक्षा दिन तयार भए। बाँकीले भने सबै संकायका सबै ब्याचमा उठाएको बढी शुल्क फिर्ता गरे मात्र परीक्षामा सहभागी हुने माग गरे। यो उपक्रममा विरोधमा उत्रिएका नौ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गर्‍यो। जाँच दिन खोज्नेलाई अवरोध गरेकाले प्रहरीले उनीहरुलाई पक्राउ गरेको कलेज प्रशासनले जनाएकाे छ।

परीक्षा फाराम भरेका ९५ जना रेगुलर विद्यार्थीसहित कुल एक सय पाँच जना विद्यार्थीहरुमध्ये १९ जनाले परीक्षा दिएको र बाँकीले बहिष्कार गरेको जिएमसी प्रशासन स्रोतले बतायो। कलेजका प्राचार्य रवीन्द्रप्रसाद श्रेष्ठले आफ्ना छोरा चाहिँ परीक्षामा सहभागि भएको बताए। उनले गण्डकी मेडिकल कलेजका प्रथम र दोश्रो वर्षका विद्यार्थीसँग कुनै समस्या नै नरहेको जिकिर पनि गरे। आन्दोलनरत विद्यार्थीहरुले भने परीक्षामा ५ जना मात्र सामेल भएको जिकिर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .