ad ad

समाज


पोखराको मौजामा ढिस्कोले पुरिएका ५ जनाकै मृत्यु

पोखराको मौजामा ढिस्कोले पुरिएका  ५ जनाकै मृत्यु

वाशुदेव मिश्र
मंसिर १५, २०७६ आइतबार ७:१३,

पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा ढिस्कोले पुरिएका ५ जनाकै मृत्यु भएको छ।

मृत्यु हुनेमा सल्यान जिल्ला बागचौर नगरपालिका–४, पेदीखोलाका तोवान बस्नेत, जीतबहादुर बस्नेत, खिमलाल ओली, गणेश ओली र जोगेन्द्र बुढाथोकी रहेका छन्।

पुरानो मौजा गाउँविकास समितिको बिसौना भन्ने ठाउँमा सडक निर्माणको क्रममा खसेको ढिस्को पन्छ्याउने क्रममा माथिबाट पहिरो आउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए। नाली पहिल्यै खनेको भए पनि फराकिलो बनाउने क्रममा बिहान करिब साढे ७ बजेतिर ढिस्को खसेको थियो।

घटनास्थलबाट भागेर ज्यान जोगाएका खिमलाल बस्नेतका अनुसार माथिबाट पहिलो आउन थालेपछि उनी आफू पनि भागे र साथीहरुलाई पनि भाग्न भने। ‘साथीहरु पनि भागे तर उनीहरु भागेकै तिर माटोको ढिस्को खस्यो’, उनले भने, ‘मैले भर्खरै त्यहाँबाट गएको जेसीबीलाई हारगुहार गरेर बोलाएँ। तर, उनीहरुलाई बचाउन सकिएन।’ मृतकहरुको शवको पोस्टमार्टमको तयारी गरिएको छ।

वडाध्यक्ष सीम गुरुङका अनुसार पोखराको मणिपाल अस्पताल–¥यालेचौर–मौजा बिसौना– सिक्लेस– मनाङ सडकखण्डको बाटो निर्माणमा अहिले १७६ जना मजदूर कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .