ad ad

समाज


काठमाडौं उपत्यकामा आज बिजोर नम्बरका सवारीसाधन मात्रै सञ्चालन

काठमाडौं उपत्यकामा आज बिजोर नम्बरका सवारीसाधन मात्रै सञ्चालन

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ४:२१,

दक्षिण एसियाली खेलकुद (साग), १३औं संस्करणको उद्घाटन गर्ने कार्यक्रम भएकाले आज(आइतबार) काठमाडौं उपत्यकामा बिजोर नम्बरका सवारीसाधन मात्र सञ्चालन गर्न दिइएको छ।

आज दिउँसो काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले साग उद्घाटन गर्ने कार्यक्रम छ।

सुरक्षा तथा सवारीसाधनको चाप व्यवस्थापन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आग्रहअनुसार साग उद्घाटन र समापनका दिन जोर–बिजोर नियम लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

जसअनुसार आज आइतबार उद्घाटनका दिन बिजोर नम्बरका सवारीसाधन मात्र उपत्यकाका सडकमा गुडाउन दिइएको छ।

जोर नम्बरका गाडी चलाए कारबाही गरिने बताइएको छ।

यस्तै साग समापनका दिन मंसिर २४ गते जोर नम्बरका सवारीसाधन मात्र सञ्चालन गर्न दिइने राखेपले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .