ad ad

समाज


जनकपुरमा राम-सीताको आज स्वयंवरः हेलिकप्टरबाट पुष्पबृष्टि गरिँदै

जनकपुरमा राम-सीताको आज स्वयंवरः हेलिकप्टरबाट पुष्पबृष्टि गरिँदै

शैलेन्द्र महतो
मंसिर १५, २०७६ आइतबार ४:२९,

आज (आइतबार) मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी। त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ।

प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ। त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो, त्यसरी नै अहिले पनि राम जानकीको विवाह गर्ने प्रचलन छ।

jank

 रामजानकीको डोलालाई जनकपुरमा स्वयंम्वर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ।

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकीकिर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निकाले ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिने छ।

ढोल पिपही, सनाई, बैण्डबाजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ। डोलाको दर्शन र रामसीताको स्वयंम्वर हेर्न बाह्रविघा मैदानमा हजाराैँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।

janl

स्वयम्वर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिर लगिन्छ। साँझदेखि विवाहको काज सुरु हुन्छ।

राम र सीताको विवाहको लागि यसवर्ष पनि जानकी मन्दिरको प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाईएको छ। राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई नवदुलही झैँ सिँगारिएको छ।

Janak

वैवाहिक कार्यक्रममा झाँकी किर्तनसहित सांस्कृतिक कार्यक्रमको समेत हुन्छ। जसको अवलोकनको लागि हजारौं दर्शनार्थी जनकपुरमा भेला भइसकेका छन्।

वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव रहनेछन्।

आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि भोली रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए।

अयोध्याबाट आएकाजन्तीले थप उत्साह
विवाहपञ्चमी महोत्सवमा प्रत्येक पाँच वर्षमा भारत उत्तर प्रदेशको अयोध्यबाट जन्ती आउने परंपरा छ।

भारतको अयोध्यबाट भगवान रामको जन्तीको रुपमा सयाैँ साधुशन्त रथ तथा गाडीको लावालस्करसहित बिहीबार नै जनकपुर आइसकेका छन्।

hhhh

उनीहरुलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। पाँचसय वर्ष विवादित राममन्दिरको जग्गाको पक्षमा भारतको सर्वोच्च अदालतको फैसला गरेकाले अयोध्याबाट जन्तीसंँगै ज्वाँइले न्याय पाएको भन्दै जनकपुरबासी समेत हर्षित छन्।

भगवान रामको पक्षमा आएको फैसलले विश्वसका हिन्दु धर्माबलम्बी खुसी भएका अयोध्याबाट जन्ती आएका शन्त रामकृष्ण दासले बताए।

दर्शनार्थीले जनकपुर खचाखच
विवाहपञ्चमी अवलोकन गर्न नेपाल तथा छिमेक देश भारतको विभिन्न स्थानबाट आएका दर्शनार्थीले जनकपुर खचाखच भएको छ।

एकहप्ता अघिदेखि नै आन्तरिक तथा बाह्रय साधुशन्त तथा दर्शनार्थी जनकपुर आउने क्रम जारी छ। अहिले पनि हजारौंको संख्यामा दर्शनार्थी आइरहेका छन्।

आएका दर्शनार्थी बाह्रविघा मैदान, जानकी मन्दिरको प्रांगण, सडकपेटी, विभिन्न मठमन्दिर, कुटी तथा संघसंस्थामा बास बसेका छन्।

jank 1

जनकपुरको धामिर्क तथा ऐतिहासिक मठमन्दिर तथा कुटीहरुमा अयोजन गरिने झाँकी किर्तनमा सहभागी भएर भक्तजनले सीताराम विवाहपञ्चमीको आनन्द लिने गर्छन्।

विवाहपञ्चमीमा मिथिलाको लोप हुन लागेको कला संंस्कृतिको झझल्को दिने उत्सव पनि हो। जहाँ लोप हुन लागेका सांस्कृतिक कार्यक्रम पनि हेर्न पाईन्छ।

jan

यसमा बालबालिकाहरुलाई, राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाँकी, नाचागान, भजनकिर्तन र भगवानको रुपमा पूजाआजा समेत गरिन्छ। यसले श्रद्धालुलाई निकै उत्साहित बनाउने गरेको छ।

बाहिरबाट आएको श्रद्धालु भक्तजनका लागि विभिन्न संघसंस्था तथा स्थानीय क्लवहरुले निःशुल्क आवास, भोजन, उपचारको व्यवस्था गरेका छन्।

हेलिकप्टरबाट पुष्पवृष्टिको तयारी

विवाहपञ्चमी महोत्सवको अवसरमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको छ।

महोत्सवलाई थप आकर्षक बनाउन जानकी मन्दिरदेखि बाह्रविघा रंगभूमि मैदानसम्म माथिबाट नेपाली सेनाले पुष्पवृष्टि गर्दै आएको छ। पुष्प वृष्टि अव्लोकन गर्न विवाहपञ्चमीमा सहभागि दर्शनार्थी लालायित हुने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .