रुपन्देहीको मर्चवारीमा वडाध्यक्षको उम्मेदवारको घरमा ग्यास विष्फोट हुँदा एक महिला घाइते भएकी छन्।
मर्चवारी गाउँपालिका वडा नम्बर ५ बनियाँडिहामा ओम प्रकाश मिश्रको घरमा विष्फोट हुँदा घरमा क्षति पुगेको छ।
ओमप्रकाशकी श्रीमती ४५ वर्षीय जयमाला पाण्डे जलेर घाइते भएकी छन्।
उनको हात, पाखुरा लगाएतको भाग जलेको र उपचारको लागि भैरहवा लगिएको छ। ओमप्रकाश एमालेबाट मर्चवारी ५ का वडाध्यक्षका उम्मेदवार हुन्।
विष्फोट किन र कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए।
102
Shares
प्रतिक्रिया