बुटवलमा बुधबार साँझ बम विष्फोट भएको छ।
मिलनचोक स्थित सनराइज बैंकको अगाडि बम पड्किएको हो।
विस्फोट भएको ठाउँमा नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएकाे छ।
‘स्थानीयले विस्फोटको आवाज सुन्यौँ भनेर खबर गरेपछि हामी आयौँ’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले भने, ‘यहाँ आकाशे पुलमुनि पर्चा छरपस्ट छ।’
अन्य केही क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
विस्फोट गरिएको कुकर बमसँगै 'वैशाख २९ गते नेपाल बन्द गरौं' भन्ने सन्देश लेखिएको कागज फेला परेको केसीले बताए।
स्थानीय तहको निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा भएको बम विस्फोटले बुटवलको सुरक्षामा चुनौती थपिदिएको छ।
390
Shares
प्रतिक्रिया