कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आइतबार नेकपा एमालेका सांसद दीपक प्रकाश भट्टसहित एमाले नेताहरु सवारी जिपको ठक्करबाट दुई जना घाइते भएका छन्।
ईलाका प्रहरी कार्यालय झलारीका अनुसार बागमती प्रदेश १३७६ नम्बरको सरकारी गाडीले म २ प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बेदकोट नगरपालिका–९ सुन्दरपुरका राजकुमार राना र करन राना घाइते भएका छन्।
जिपको ठक्करबाट घाइते भएका राजकुमार र करनको टाउको र खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार घाइतेहरूलाई उपचारका लागि धनगढी लगिएको छ। जिपमा एमालेका सांसद डा. दीपकप्रकाश भट्ट, निरुदेवी पाल, नरबहादुर धामी र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट सवार रहेको खुलेको छ।
एमाले प्रदेश कमिटीले कञ्चनपुरका पालिकाहरुको उम्मेदवार टुंगो लगाएको थियो। एमाले नेताहरु टिकट लिन धनगढीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।
Shares
प्रतिक्रिया