ad ad

समाज


परीक्षा छोडेर सिटिइभिटीका विद्यार्थी आन्दोलनमा

परीक्षा छोडेर सिटिइभिटीका विद्यार्थी आन्दोलनमा

गोकुल जोशी
चैत ३०, २०७८ बुधबार ८:५७, महेन्द्रनगर

कञ्चनपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विद्यार्थी आन्दोलित भएका छन्। 

अध्ययन पूरा नहुँदै परीक्षा सञ्चालन भइरहेको भन्दै बुधबार विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका छन्।

परीक्षा केन्द्र तोकिएको महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा विद्यार्थीहरु परीक्षामा सहभागी हुन छोडेर आन्दोलनमा उत्रिएका हुन्। 
‘६ महिनामा सक्नु पर्ने कोर्ष सकिएको छैन । कोरोनाले गर्दा ५०÷५५ दिन मात्रै पढाइ भएको छ,’ परीक्षार्थी गोकर्ण महराले भने, ‘त्यसैले परीक्षा बहिस्कार गरेका छौँ।’

सिटिइभिटी अन्तर्गतको डिप्लोमा सिभिल इन्जिनियरिङ्ग संकाय तेस्रो वर्षको दोस्रो सेमेष्टरको परीक्षा बुधबार बिहान ७ बजेदेखि सुरु हुने कार्यतालिका थियो।

परीक्षा स्थलमा विद्यार्थीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम सिंह चौधरीले जानकारी दिए। 

‘विद्यार्थीहरु परीक्षामा सहभागी भएका छैनन् । परीक्षा बिथोल्न खोजिरहेका छन्,’ उनले भने, ‘आन्दोलनले परीक्षा सुरु हुन सकेको छैन। हामीले सुरक्षा दिइरहेका छौँ।’ 

एसपी चौधरीका अनुसार परीक्षास्थलमा आन्दोलन गर्ने ४ विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .