मिथिला माध्यमिकी परिक्रमामा सहभागी एक महिलाको मृत्यु भएको छ।
महोत्तरीको मठिहानी पडाव स्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमामा सहभागी भारत बिहार राज्य जिल्ला मधुवनी भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साहको मृत्यु भएको हो।
आज बिहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका २ साउजीपटी परिक्रमास्थल नजिक पोखरीमा नुहाउने क्रममा रिंगटा लागेर उनी बेहोस भएकी थिइन्।
उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
उनको शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
21
Shares
प्रतिक्रिया