धनुषामा एक युवकलाई शनिबार राति गोली हानिएकाे छ।
धनुषाको जनकपुरधाम उप महानगरपालिका १९ बेंगाशिवपुरमा १८ वर्षीय मुकेश मुखियालाई गाेली हानिएकाे हाे।
मुखियाको घाँटीमा गोली लागेको छ। गोली घाँटीमै अड्किएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए।
कमला नगरपालिका ७ घर भएका मुकेश बेंगाशिवपुरमा आफ्नो मामा भोगी मुखियाको घरमा बस्ने गरेका थिए।
मामाको किराना पसलमा शनिबार राति आएका स्थानीयसँग कुराकानी गरिरहेका बेला मुकेशलाई गोली हानिएकाे प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट पेस्तोल बरामद भएको छ भने गोली हान्ने व्यक्ति पनि पहिचान भइसकेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रजौरेले बताए।
6.8k
Shares
प्रतिक्रिया