बाराबाट तीन लाख रुपैयाँ नक्कली नोटसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ दिगम्बरपुर बस्ने १९ वर्षीय वीरेन्द्रकुमार महतो रहेका छन्।
सशस्त्र प्रहरीले उनलाई बिहीबार दिउँसो लु ७८ प २३९७ नम्बरको मोटरसाइकलमा बाराको सिम्रौनगढ नगरपालिका ६ अम्मरपुरबाट नहर तर्फ जाने क्रममा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
महतोको साथबाट नेपाली एक हजार दरको ३०१ वटा नक्कली नोट र सक्कली १५ सय २५ रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डीआइजी) गणेश ठाडा मगरले जानकारी दिए।
उनलाई कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
330
Shares
प्रतिक्रिया