कपिलवस्तुको बाणगंगामा दुई छुट्टा छुट्टै ठाउँबाट ७ वटा भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छन्।
जिल्लाको बाणगंगा नगरपालिका ९ चौवाबाट ७ वटा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन्।
स्थानीय ६० वर्षीय रामसमुज थारुको घरसँगै रहेको गोठमा खानतलासी गर्दा प्लाष्टिकले छोपिराखेको ५ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
बन्दुक फेला परेपछि रामसमुजलाई पक्राउ गरी अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।
यस्तै, बाणगंगा नगरपालिका २ स्थित मनकामना सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ।
सामुदायिक वनभित्र केही व्यक्तिहरु बन्दुकसहित हिँडिरहेका छन् भन्ने सूचनाका आधारमा खोजी गर्दा अर्घाखाँची शितगंगा नगरपालिका १४ बस्ने वर्ष ५० को वीर बहादुर सोमै मगर र सोही ठाउँका वर्ष २८ को खिम बहादुर मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको डीएसपी भण्डारीले बताए।
उनीहरुलाई हातहतियार मुद्दामा म्याद थप भई थप अनुसन्धान भैरहेको उनले जानकारी दिए।
Shares
प्रतिक्रिया