ad ad

समाज


कञ्चनपुरमा मोटरसाइकल र स्कुटर ठोक्कियो, ४ जना घाइते

कञ्चनपुरमा मोटरसाइकल र स्कुटर ठोक्कियो, ४ जना घाइते

आपसमा ठोक्किएका मोटरसाइकल र स्कुटर।


गोकुल जोशी
माघ २२, २०७८ शनिबार १९:५७, महेन्द्रनगर

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका भासीमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।  

शनिबार बेलुका म २ प ८९४२ नम्बरको स्कुटर र सु. प. प्र. ०२००३ प ४२१९ नम्बरको मोटरसाइकलमा आपसमा ठोक्किएका हुन्।

 दुर्घटनामा परेर चार जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए।

महेन्द्र राजमार्गबाट ब्रह्मदेव लिंक रोड जोड्ने मोडमा दुर्घटना भएको हो’, उनले नेपालखबरसँग भने, ‘घाइतेहरू सुरुमा बोलिरहेका थिएनन्। अहिले बोलिरहेका छन्। अवस्था सामान्य छ।’

उनका अनुसार दुर्घटना परेर घाइते हुनेमा खेमराज जोशी, मार्सल गुलम एसपी, धनराज गिरी र रमेश भट्ट छन्। 

उनीहरूका टाउका, हातखुट्टामा चोट लागेको छ, महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .