सुदूरपश्चिमका वरिष्ठ साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’को ७८ वर्षको उमेर निधन भएको छ।
केही वर्षयता बिरामीले थलिएका साहित्यकार भट्टको आइतबार राति भीमदत्त नगरपालिका–१८ कटान आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
लोकसाहित्य र लोकसंस्कृतिका अध्येता भट्टको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मा वि.सं. २००० असार १५ गते भएको थियो।
सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा भट्टको महत्वपूर्ण योगदान रहेको छ।
उनी महाकाली साहित्य संगमका संस्थापक अध्यक्ष पनि हुन्।
भट्टले लोक साहित्य र लोकसंस्कृतिको क्षेत्रमा कलम पनि चलाएका छन्। उनका डेढ दर्शन बढी पुस्तक प्रकाशित छन्। सुदूरपश्चिम विश्वविद्यालय स्थापना समितिका अध्यक्ष समेत रहेका भट्ट सिद्धनाथ बहुमुखी क्याम्पस सञ्चालन समितिका पूर्व अध्यक्ष पनि हुन्।
Shares
प्रतिक्रिया