कपिलवस्तुमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु भएको छ।
जिल्लाको बुद्धभूमि नगरपालिका ३ रनगाइमा लु ४ त २४०२ नम्बरको ट्याक्टर पल्टिएको हो।
दुर्घटनामा सोही ठाउँका ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फूलकुमारी थारूको मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।
दुर्घटनामा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका छन्।
बालुवा लिन मजदुर बोकेर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
30
Shares
प्रतिक्रिया