नवलपरासी पश्चिममा प्रहरीले एकै दिन २४ जना फरार अभियुक्त पक्राउ गरेको छ।
जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भइ कैद तथा जरिवाना तोकिएका अभियुक्तहरू पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमा लागुऔषध मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका २ जना, कुटपिट मुद्दाका १७ जना, चोरी मुद्दाका २ जना, जालसाजी मुद्दाका १ जना र केही सार्वजनिक मुद्दाका छन्।
पक्राउ पर्नेमा २१ वर्षदेखि फरार रहेका अभियुक्त समेत छन्।
आइतबार पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र उनीहरुको लगत अनुसार कारवाही भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले बताए।
60
Shares
प्रतिक्रिया