बुटवल उपमहानगरपालिका–३ का वडाअध्यक्ष लालप्रसाद बस्यालको निधन भएको छ।
आज दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
७३ वर्षीय बस्याल लामो समयदेखि दम र फोक्सोको रोगबाट पीडित थिए। पछिल्लो धेरैजसो समय उनले वडा सदस्यलाई कार्यबहाक दिएर आराम गरेर बसेका थिए।
84
Shares
प्रतिक्रिया