दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोसीमा खसेको छ।
दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ को यात्रुबाहक बस सुकुटे बिचनजिकै सुनकोसी नदीमा खसेको हो।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुर्घटनामा ४ जनाको मृत्यु भएको पुष्टि भएको बताए। उनका अनुसार दुर्घटनामा १५ जना घाइते छन्।
‘केहीलाई नदीले बगाएको भन्ने छ, प्रहरी खोजी र उद्दारमा जुटेको छ’ डीआईजी पोखरेलले नेपालखबरसँग भने।
डीआईजी पोखरेलका अनुसार दुर्घटनामा परेको बस शैलुंगेश्वरी यातायातको हो।
प्रतिक्रिया