मारुती सुजुकीले भारतीय बजारमा विभिन्न मोडलका नयाँ र अपडेटेट भर्सनका कारहरु सार्वजनिक गर्ने तयारी गरेकाे छ। मारुती सुजुकीले यो वर्ष नयाँ वागनआर, प्रिमियम एमपीभी एक्सएल ६ र सानो एसयुभी एसप्रेसो लन्च गरेको छ। कम्पनीले चाँडै विभिन्न नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा लागेको बताइएको छ।
भिटारा
सुजुकीकाे विश्वबजारमा चर्चित मोडल भिटाराको दोस्रो पुस्ता २०२० को अन्त्यसम्म भारतमा सार्वजनिक हुने बताइएको छ। कम्पनीले हुन्डाईको क्रेटा र कियाको सेल्टोसजस्ता एसयूभीसँग प्रतिस्पर्धा हुनेछ। सो कार बोल्ड लुक र प्रिमियम इन्टेरियरको साथमा उपलब्ध हुनेछ। भिटाराको इन्जिन पेट्रोलमा सीमित राख्ने र भविष्यमा हाईब्रिडमा इन्जिनमा उपलब्ध हुनेछ। क्रेटाजस्तै सुजुकी भिटारा पनि सातसिटे हुनेछ। यसको मूल्य ११ देखि १५ लाख भारतीय रुपैयाँ पर्नसक्ने बताइएको छ।
नयाँ सेलेरियो
मारुती सुजुकीले पहिलो पुस्ताको सेलेरियो सन् २०१४ मा लन्च गरिएको थियो। सन् २०१७ मा यसको माइल्ड फेसलिफ्ट मोडल लन्च गरिएको थियो। सुजुकीले दोस्रो पुस्ता २०२० मा बजारमा ल्याउने योजना बनाएको छ। कारमा म्यानुअल र एएमटी गियरबक्सको विकल्प रहेको छ। जसको मूल्य चारदेखि छ लाखसम्म पर्ने बताइएको छ। नयाँ सेलेरियोमा १.२ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ। डुअल एयरब्याग, सिट बेल्ट अलर्ट तथा नयाँ इन्टेरियर डिजाइन र स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टमको साथै नयाँ फिचर हुने अनुमान गरिएको छ।
मारुती सुजुकी एस–क्रस पेट्रोल
मारुती सुजुकीले एस–क्रसको पेट्रोल इन्जिनमा नयाँ मोडलको कार ल्याउँदै छ। १.५ लिटर पेट्रोल इन्जिन भएको एस–क्रस गाडीले १०४.७ पीएस पावर उत्पादन गर्छ। मिल्ड–हाइब्रिड डुअल ब्याट्री भएको गाडीमा एक ब्याट्रीले इन्जिनको लागि काम गर्छ भने अर्को ब्याट्रीले विद्युतीय मोटरको लागि काम गर्छ। यसको मूल्य करिब १० लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ।
भिटारा ब्रेजा फेसलिफ्ट
मारुती सुजुकीले भिटारा ब्रेजा फेसलिफ्ट मोडल २०२० मा भारतमा लञ्च गर्दै छ। फेसलिफ्ट मारुती ब्रेजा पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ। हाल सो कार डिजेल इन्जिनमा मात्र उपलब्ध रहेको छ। यसमा नयाँ बम्पर, स्पोर्टी ग्रिल, एलईडी प्रोजेक्टर हेडल्याम्प र डिआरएलको साथ अपडेटेड हेडल्याम्प हुने अनुमान गरिएको छ।
मारुती सुजुकी एक्सएल ५
मारुती सुजुकीले वागनआरमा आधारित यसको प्रिमियम मोडल ल्याउने तयारी गरिरहेको छ। सो मोडल एक्सएल ५ नामले लन्च गर्ने अनुमान गरिएको छ। वागनआर एक्सएल५ १.२ लिटर इन्जिनमा मात्र उपलब्ध हुनेछ।
वागनआरभन्दा एक्सएल ५ को फ्रन्ट लुक फरक हुनेछ। एक्सएल५ को क्याबिन ज्यादा प्रिमियम हुनेछ र यसमा धेरै फिचर पनि हुनेछ। २०२० मा यो गाडी लञ्च गर्ने बताइएको छ। एक्सएल ५ को मूल्य वागनआरभन्दा बढी हुने अनुमान गरिएको छ। वागनआरको भारतमा चार लाख ३४ हजार मूल्य रहेको छ।
Shares
प्रतिक्रिया