ad ad

समाज


मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार ८:२४,

सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ।

आइतबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनाेट समितिले कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न सिफारिस गरेको थियो । उपकुलपतिका लागि कोइरालासँगै डा. धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेल पनि सिफारिस भएका थिए। डा. कोइराला काउन्सिल अध्यक्ष नियुक्त भएसँगै उपकुलपतिमा  डा. बास्कोटाको सम्भावना बढेको छ। 

डा. कोइराला मुटु रोग विशेषज्ञ हुन्। उनी यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .