सुदूरपश्चिम प्रदेशमा मनसुनपछिको वर्षाका कारण बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार तीन दिनको अवधिमा बाढीपहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन्।
बाढीपहिरोमा परेर सबैभन्दा बढी डोटीमा १५ जनाको मृत्यु भएको छ। यस्तै बझाङमा ८, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी विक्रम चन्दले जानकारी दिए।
उनका अनुसार बझाङमा २१ तथा कैलाली, बैतडी र डोटीमा १/१ जना बेपत्ता भएका छन्।
यस्तै पहिरोमा परेर डोटीमा ११, डडेल्धुरा र बैतडीमा २/२ तथा बझाङमा एक जना घाइते भएका छन्।
75
Shares
प्रतिक्रिया