ad ad

समाज


सडक अवरोधमा मन्त्री बडूः अगाडि डोजर, पछाडि झण्डावाल गाडी

सडक अवरोधमा मन्त्री बडूः अगाडि डोजर, पछाडि झण्डावाल गाडी

पहिराेकाे जाममा मन्त्री बडू


गोकुल जोशी
कात्तिक ३, २०७८ बुधबार १२:५४, काठमाडौँ

महेन्द्रनगर। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू सडक अवरोधमा  परेका छन्। 

पहिरोका कारण सडक अवरुद्ध भएपछि मन्त्री बडू बैतडीको दोगडाकेदार गाउँपालिका डिक्गाडमा सडक अवरोधमा परेका हुन । 

‘पहिरोका कारण धेरै ठाउँमा सडक अवरुद्ध भएको छ। पहिरो हटाउने प्रयास भइरहेको छ।’ 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बामदेव गौतमले भने, ‘मन्त्रीज्यू अहिले खोचलेकबाट हिँड्नुभएको छ। डोजरले पहिरो हटाउदै अगाडि बढेका छौँ।’

उनका अनुसार अगाडि अगाडि डोजर चलाइएको छ र पछि पछि मन्त्री बडूको गाडी छ। 

मन्त्री नियुक्त भएपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक बडू गृहजिल्लाको यात्रामा छन्। 

गृहजिल्ला दार्चुला जाने क्रममा मन्त्री बडू पहिरोका कारण सडक अवरोध हुँदा सडकमा थुनिएका थिए । 

सडक अवरोधका कारण मन्त्री बडूको कार्यतालिका नै प्रभावित भएको छ।

अविरल वर्षापछि सडकमा पहिरो खस्दा सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने राजमार्ग र सहायक सडकहरु अवरुद्ध छन्। 

दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ र कैलालीको पहाडी भागमा सडकमा पहिरो खसेको छ।

ट्राफिक प्रहरीका अनुसार बैतडीको खोडपे–बझाङ सडक अवरुद्ध छ। 

उक्त सडक खण्डको विजयपुरमा सडक माथिबाट पहिरो खस्दा सवारीसाधन थुनिएका छन्। 

भीमदत्त राजमार्गको फल्टुडे–सहजपुर खण्डमा पनि पहिरो खसेको छ। अछामको चौखुट्टे–साफेबगर खण्डमा पनि पहिरोकै कारण सवारीसाधन नचल्दा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्।

सदरमुकाम मंगलसेन जोड्ने सडक खण्डको कैलाशखोलामा पनि पहिरो झरेको छ। 

बैतडी–दार्चुला खण्डको सल्सेना र बंगाबगरमा पनि पहिरोले सडकमा अवरोध पु¥याएको छ। सडक अवरोध हुँदा यात्रुहरु बाटामै अलपत्र परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .