कञ्चनपुरमा आज (बुधबार) बिहानै हात्तीको आक्रमणबाट दम्पतीकै मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा हात्तीले आक्रमण गर्दा पति–पत्नीकै मृत्यु भएको इलाका प्रहरी कार्यालय (झलारी) का प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।
उनका अनुसार हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्कीको मृत्यु भएको हो।
जंगली हात्ती गाउँमै पसेर उनीहरूलाई आक्रमण गरेको उनले बताए।
इलाका प्रहरी कार्यालय (झलारी) बाट प्रहरी टोली घटनास्थल पुगेकाे छ।
621
Shares
प्रतिक्रिया