अर्घाखाँचीमा आइतबार अरिंगालले टोकेर ७ जना किसान घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार आइतबार दिउँसो सितगंगा नगरपालिका–२ वाणगंगा खोलानजिकै खेतमा धान काटिरहेका बेला उनीहरूलाई अरिंगालले टोकेको हो।
तीमध्ये सीतापुर झिर्रा गाउँका २४ वर्षीया सञ्जु क्षेत्री, २१ वर्षीय किरण क्षेत्री र १६ वर्षीया करिना क्षेत्री गम्भीर घाइते भएका हुन्।
स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनीहरूलाई बुटवल पठाइएको प्रहरीले जनाएको छ। अन्य चार घाइतेको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।
108
Shares
प्रतिक्रिया