कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा बोलेरो जिप दुर्घटना भएको छ।
पोखराको हरिचोकबाट २ बजे घान्द्रुकको लागि छुटेको ग १ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो।
जिपमा ९ जना सवार थिए। तीमध्ये एकजना सामान्य घाइते छन् भने बाँकीलाई उद्दारपछि पोखरा ल्याउँदै गरिएको कास्कीका डिएसपी सुवास हमालले बताए। घाइतेको अवस्था गम्भीर भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै उनले भने, ‘बाँकी कुरा के भन्नु?’
स्थानीय पर्यटन व्यवसायी किसम गुरुङले पनि दुर्घटनाको पुष्टि गरे।
स्थानीयले भने दुर्घटनामा परेका ८ जनाको मृत्यु भएको जनाएका छन्। पोखराबाट घुम्न गएको टोली नै दुर्घटनामा परेको स्थानीयको भनाई छ।
393
Shares
प्रतिक्रिया