सुर्खेतस्थित भेरी नदीमा हामफालेकी महिलाको पहिचान खुलेको छ। ती महिला तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया अमिला दमाई रहेको प्रहरीले जनाएको छ।
उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर बिहीबार दिउँसो नदीमा हाम फालेकी थिइन्। नदी हामफालेकी अमिला बेपत्ता छिन्।
घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ। नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटिरहेको छ।
अमिलाले नदीमा हामफाल्नुको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
270
Shares
प्रतिक्रिया