पोखराको सहारा क्लबले वर्षेनी दिँदै आएको ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’बाट पत्रकार दीपक परियार सम्मानित भएका छन्।
क्लबले आफ्नो २३ औं वार्षिकोत्सव तथा १२औं अधिवेशनको अवसरमा बुधबार परियारलाई पुरस्कार अर्पण गर्यो। गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले नगद २० हजार ५ सय ५५ रुपियाँ, सम्मानपत्र र दोसल्लाबाट दीपकलाई सम्मानित गरे दीपक कान्तिपुर दैनिकसँग आवद्ध छन्।
क्लबले यस वर्षको उत्कृष्ट सहारा सदस्यको सम्मान रामप्रसाद हिराचनलाई प्रदान गर्यो।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले क्लबलाई आउँदो आहा रारा गोल्डकपको लागि अनुबन्ध गरिने २ जना विदेशी खेलाडीको खर्च प्रदेश सरकारले दिने घोषणा गरे। उनले नेपाली खेलाडीको फिनिसिङ राम्रो नभएकाले विदेशी खेलाडी ल्याउनुपर्ने उनको भनाइ थियो।
Shares
प्रतिक्रिया