ad ad

समाज


नगरपालिकामा तालाबन्दी गर्न खोज्दा शिक्षक र प्रहरीबीच झडप

नगरपालिकामा तालाबन्दी गर्न खोज्दा शिक्षक र प्रहरीबीच झडप

गोकुल जोशी
भदौ ४, २०७८ शुक्रबार १८:५०, महेन्द्रनगर

कञ्चनपुरको भीमदत्त नगरपालिका परिसरमा शिक्षक दरबन्दी मिलान विरुद्ध आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। 

शुक्रवार कांग्रेस सम्बद्ध शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कांग्रेस नेता कार्यकर्ताले नगरपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा झडप भएको हो।

झडपमा शिक्षक, कांग्रेस नेता कार्यकर्ता र प्रहरी सामान्य घाइते भएका छन्। 

नगरपालिकामा तालाबन्दी गर्न गएका आन्दोलनरत समूहलाई प्रहरीले रोके पछि तनाव सृजना भएको थियो। 

झडपमा भीमदत्त नगरपालिकाकी न्यायिक समिति सदस्य सन्तोषी ऐरी घाइते भएकी छन्। वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर माझीमाथि पनि हातपात भएको छ। 

झडपमा नगर प्रहरीहरु पनि घाइते भएका छन्। झडपपछि नगरपालिकामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। 

प्रहरीले तालाबन्दी गर्न नदिए पछि शिक्षकहरु आक्रोशित भएका छन्। उनीहरुले नगरपालिका र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिरहेका छन्। भीड तितरवितर पार्न प्रहरी प्रहरी ५÷६ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको  छ।

नगरपालिकाको शिक्षक दरबन्दी मिलान विरुद्ध शिक्षक संघ एक महिनादेखि आन्दोलनमा छ।

मेयर सुरेन्द्र विष्टले आफू निकट शिक्षकलाई प्रावधान मिचेर सरुवा गरेको आरोप शिक्षक संघले लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .