पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ।
२४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।
93
Shares
प्रतिक्रिया