कोरोनाविरुद्ध खोप लगाउने केन्द्रहरूमा भीडभाड भएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
तसर्थ स्वयंसेवक परिचालन गरेर भए पनि खोप केन्द्रमा भइरहेको भीड नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै भीड नियन्त्रण गरी ज्येष्ठ र अपांगता भएका नागरिकलाई सहज हुने गरी खोप अभियान सञ्चालन गर्न अपिल गरेका हुन्।
हेर्नुहोस्, विज्ञप्तिः
39
Shares
प्रतिक्रिया