ad ad

समाज


दार्चुला घटना : तीन प्रत्यक्षदर्शीलाई लिएर सदरमुकाम पुग्यो सुरक्षाकर्मीको टोली

दार्चुला घटना : तीन प्रत्यक्षदर्शीलाई लिएर सदरमुकाम पुग्यो सुरक्षाकर्मीको टोली

दार्चुला सदरमुकाम


गोकुल जोशी
साउन १८, २०७८ सोमबार १९:०, महेन्द्रनगर

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको घटनाको घटनास्थलमा गएका नेपाली सुरक्षाकर्मीको टोली सोमवार सदरमुकाम पुगेको छ। सुरक्षाकर्मीको टोलीले प्रत्यक्षदर्शीहरू कल्याण धामी, अनीता धामी र विक्रम धामीलाई लिएर सदरमुकाम खलंगा पुगको हो।

तीन जना प्रत्यक्षदर्शीलाई ल्याएर सुरक्षाकर्मीको टोली सोमवार पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए। यद्यपी घटनाका बारेमा प्रत्यक्षदर्शीसँग सोधपुछ नभएको भन्दै उनले यसबारे थप खुलाउन चाहेनन्।

शुक्रवार व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी तुइनमा महाकाली नदी तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए। तुइन तर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर धामी नदीमा खसेको प्रत्यक्षदर्शीले दाबी गरेका छन्। परिवारले एसएसबी विरुद्ध भारतीय थानामा उजुरी दिएका छन्।

शनिवार घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी, सशस्त्र प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सम्मिलित टोली गएको थियो। 

घटनापछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतसँग जवाफ मागेको थियो। पिथौरागढस्थित भारतीय प्रशासनले पठाएको पत्रमा सुरक्षाकर्मी त्यस क्षेत्रमा रहे पनि तुइन नकाटेको जवाफ भारतले दिएको छ।

घटनाको सत्य, तथ्य छानबिनका लागि गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको छ। छानबिन टोलीले १० दिनभित्र घटनाको बारेमा सत्य, तथ्य छानबिन गरेर प्रतिवेदन तयार गर्ने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .