ad ad

समाज


भारतको हिमाचलमै अर्को डरलाग्दो पहिरो, पहाडै खस्यो (भिडिओ)

भारतको हिमाचलमै अर्को डरलाग्दो पहिरो, पहाडै खस्यो (भिडिओ)

(फाइल तस्बिर)


नेपालखबर
साउन १६, २०७८ शनिबार १४:४४, काठमाडौँ

भारतको हिमाचल प्रदेशमा गतहप्ता खतरनाक चट्टानी पहिरो आएको थियो। 

किनौर जिल्लाको उक्त ढुंगे पहिरोमा परेर ९ जनाले ज्यान गुमाएका थिए।

यतिबेला हिमाचल प्रदेशमै अर्को डरलाग्दो पहिरो गएको छ। सार्वजनिक भिडिओमा देखिएअनुसार पहिरो जाँदा एउटा पुरा पहाडको आधा हिस्सा नै भत्किएको छ।

मुसलधारे वर्षा भएपछि सिरमाउर जिल्लामा यसैहप्ता यो भयानक पहिरो गएको हो। पहाड नै खस्दा सडक तथा सयौैं रुखहरु बगाएको बताइएको छ।

यो घटनामा कसैको ज्यान भने नगएको जनाइएको छ। इन्डिया टुडे

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .