ad ad

समाज


व्यापक वर्षासँगै आज काठमाडौंसहित ४० जिल्ला बाढीको उच्च खतरामा

व्यापक वर्षासँगै आज काठमाडौंसहित ४० जिल्ला बाढीको उच्च खतरामा

नेपालखबर
असार २४, २०७८ बिहिबार ९:५४,

आज बिहानैदेखि देशभैर वर्षा भइरहेको छ। कतिपय स्थानमा निकै ठूलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

वर्षासँगै देशैभर बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। कतिपय स्थानमा बाढी तथा पहिरोका कारण क्षतिसमेत भइरहेका छन्। 

यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले आज कहाँ कहाँ बाढीको उच्च जोखिम छ भनेर आकलन सार्वजनिक गरेको छ। 

सार्वजनिक बुलेटिनअनुसार बाढी पहिरोको खतरा देशभैर भए पनि आज विशेषगरी काठमाडौंसहित देशका ४० जिल्लामा बाढीको उच्च जोखिम छ। 

ती जिल्ला हुन्– इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, उदयपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, मकवानपुृर, चितवन, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुली, तनहुँ, लमजुङ, पर्वत, कास्की, बागलुङ, म्याग्दी, नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोटा, कालिकोट, दैलेख र सुर्खेत। 

बाढी पूर्वानुमान महाशाखाले आफ्नो ट्विटर ह्यान्डलमार्फत भनेको छ, ‘आज कोसी, नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने, केहीमा सतर्कता तह पार गर्न सक्ने, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउलगायतमा बहाव बढ्ने, केही साना सहायक नदीहरूमा आकस्मिक बहाव भई सतर्कता तह पुग्न सक्ने, तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाऔं।’

हेर्नुहोस्, बुलेटिनः  

यी पनिः 

यी स्थानमा बाढीपहिरो जाने खतरा बढ्यो, होसियार रहौं : मौसमविद्

आज पाँचवटा प्रदेशमा ठूलो, तीनवटा प्रदेशमा धेरै ठूलो वर्षा हुने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .