ad ad

समाज


बाढीमा बेपत्ता भएका ओभरसियर र कार चालक अझै भेटिएनन्

बाढीमा बेपत्ता भएका ओभरसियर र कार चालक अझै भेटिएनन्

नेपालखबर
असार २४, २०७८ बिहिबार ९:२७,

पर्वतको कुस्मामा बुधबार बाढीले बगाउँदा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन्। 

पध्यपहाडी लोकमार्गमा काम गर्ने लामा कन्स्ट्रक्शनका साइट इन्चार्ज  राजाराम आचार्य र कार चालक इन्द थारुलाई अझै फेला पार्न नसकिएको पर्वतका प्रहरी प्रमुख डिएसपी विशवराज वुढाथोकीले जानकारी दिए। ओभरसियर आचार्य काठमाडौंको जोरपाटीका स्थायी बासिन्दा हुन् भने थारु कैलालीका हुन्।

‘आज पनि बिहानैदेखि हामी उहाँहरुको खोजीमा जुटेका छौँ,’ डिएसपी वुढाथोकीले भने, ‘बगेको ठाउँबाट नकिकै मोदी नदी छ। उहाँहरु मोदीमै वेपत्ता भएको अनुमान हामीले गरेका छौँ।’ 

आचार्य र थारु सवार प्र.३–०१०२३च३६४२ नम्बरको कार भने बगेको ठाउँबाट झण्डै डेढ किमी तल मोदी खोलाको भंगालोमा फेला परेको थियो।

मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा ८ मा रहेको सुन्दरखोलामा आएको बाढीले बुधबार राति कार बगाउँदा दुई जना बेपत्ता भएका हुन्।

आज बिहानैदेखि पर्वतसहित आसपासका जिल्लामा ठूलो पानी परिरहेकाले बेपत्ताहरुको खोजी कार्यमा समस्या सिर्जना भएको उनले बताए। ‘हिजो भन्दा पनि आज नदीनाला बढेका छन्, बेपत्ताहरुको खोजीमा झन् कठिनाई उत्पन्न भएको छ,’ डिएसपी बुढाथोकीले नेपालखबरसँग भने, ‘हामीले खोजीका लागि गुल्मी, स्याङ्जासहित नदी आसपासका अन्य जिल्लाका प्रहरी युनिटहरुलाई पनि अनुरोध गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .