ad ad

समाज


सुजिता मृत्यु प्रकरण : चितवनको राप्तीमा कर्फ्यु थप

सुजिता मृत्यु प्रकरण : चितवनको राप्तीमा कर्फ्यु थप

नेपालखबर
असार २४, २०७८ बिहिबार ६:५४,

सुजिता भण्डारीको मृत्यु प्रकरणका कारण तनावग्रस्त चितवनको राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्युको अवधि लम्ब्याइएको छ। 

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु आज (बिहीबार) साँझ ७ बजेसम्म कर्फ्यु थप गरिएको हो।

तर, बिहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यकीय वस्तु खरिदका लागि छुट दिइएको छ। तर तीन जनाभन्दा बढी हिँड्न पाइने छैन। यस्तै लामो दूरीका सवारीसाधनलाई चल्न दिइने चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कर्फ्यु उल्लंघन गरे एक महिनासम्म कैद सजाय हुने चेतावनी दिइएको छ।

 

यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर घरबाट निस्किएकी भण्डारी आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत फेला परेकी थिइन्।

पोस्टमार्टमका लागि उनको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .