ad ad

प्रविधि


चीनले भन्योः हाम्रो नयाँ ड्रोनले स्पाइडरम्यानजस्तै शिकार गर्नसक्छ

चीनले भन्योः हाम्रो नयाँ ड्रोनले स्पाइडरम्यानजस्तै शिकार गर्नसक्छ

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १३:२८,

चीनले नयाँ शिकारी ड्रोनको विकास गरेको जनाएको छ। आफ्नो नयाँ ड्रोनले अन्य ड्रोनलाई परास्त गर्नसक्ने चीनको दाबी छ।

ड्रोनले १६ स्क्वायर मिटरको जालो फ्याँकेर साना विमानहरुसमेत खसाउनसक्ने चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ।

चिनियाँ सेनाको अंग्रेजी वेबसाइटका अनुसार यस ड्रोनले स्पाइडरम्यानजस्तै शिकार गर्नसक्छ।

स्पाइडरम्यान मार्भलको फिक्सन चलचत्रि हो। जहाँ मुख्यपात्र स्पाइडरम्यानले दुश्मनलाई परास्त गर्न जालो फ्याँक्छन्।

यस शिकारी ड्रोनको निर्माण चाइना एरोस्पेस साइन्स एन्ड इन्डस्ट्री कर्पोरेसनले गरेको हो।

चीन वर्तमान विश्वको सबैभन्दा छिटो प्रविधिमा फड्को मारिरहेको मूलुक हो। चीनले विश्वभर आफ्ना प्राविधिक सामाग्री विक्रि गर्ने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .