ad ad

राजनीति


नेपाल र बंगलादेशीबीच विपद् व्यवस्थापनमा सहकार्यको प्रस्ताव

नेपाल र बंगलादेशीबीच विपद् व्यवस्थापनमा सहकार्यको प्रस्ताव

नेपालखबर
भदौ १९, २०७६ बिहिबार १३:३४,

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बंगलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले आज भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बंगलादेश द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्ने बताए।

गृहमन्त्री थापाले नेपालमा विसं २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेशका मन्त्री रहमान र उनीमार्फत त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरे।

उनले नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक अधिकांश कानुनहरुको तर्जुमा गरिसकेको तथा संघ, प्रदेश र स्थानिय तहको समन्वयमा विपद् व्यवस्थापनको काम भईरहेको जानकारी दिए।

बंगलादेशमका मन्त्री रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गर्दै विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको टिप्पणी गरे।उनले आफ्नो देशमा विशेषतः बाढी, चक्रवात, हुरीजस्ता प्राकृतिक विपद्का घटना बढी हुने गरेको जानकारी दिए।

विश्व खाद्य कार्यक्रम बंगलादेशका देशिय निर्देशक रिचार्ड रेगनसमेत सहभागि भ्रमण दलले नेपालमा मानविय सहायता केन्द्र निर्माणको ढाँचा र त्यसको कार्यसञ्चालनबारे समेत अध्ययन गर्ने बताईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .