डोनाल्ड ट्रम्प सरकारमा हुँदा उनले टिकटक तथा विच्याट लगायत अन्य चर्चित एप्सहरुमाथि प्रतिबन्ध लगाएका थिए।
चिनियाँ एप्सहरु चिनियाँ सेना तथा सरकारको जासुसीको माध्यम भएको आरोप लगाइएको थियो।
त्यसयता टिकटक र विच्याटले अमेरिकामा कारोबार गर्न पाएका थिएनन्। सोमबार अमेरिकी वाणिज्य विभागले कारोबारको प्रतिबन्ध फुकुवा गर्ने बताएको छ।
प्रतिबन्ध फकुवा भएपनि अमेरिकी राष्ट्रपति जो बाइडेनले ती एप्सहरु अमेरिकाको लागि सुरक्षा खतरा हुन् या हैनन् भनेर अनुसन्धान गर्न निर्देशन दिएका छन्।
अमेरिकाले चिनियाँ एप्समा प्रतिबन्ध फुकुवा गर्ने बताएसँगै चीनले अमेरिकी कार्यको स्वागत गरेको छ।
चिनियाँ विदेश मन्त्रालयले विश्व आर्थिक मूल्य र मान्यतालाई सम्मान गरिनुपर्ने बताउँदै चिनियाँ प्रविधि कम्पनीमाथिको नाजायज हस्तक्षेप बन्द हुनुपर्ने बताएको छ।
Shares
प्रतिक्रिया