आईएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ।
आईएमई फाउन्डेसनका संरक्षक तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उपकरण हस्तान्तरण गरेका छन्।
यसअघि नेसलन बिजनेश इनिशिएटिभ र आईएमई फाउण्डेसनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो। सोही अनुसार नेसलन बिजनेश इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको थियो।
फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि एक करोड २८ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको थियो।
यसका अतिरिक्त आईएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरिसकेको छ।
प्रतिक्रिया