ad ad

प्रविधि


चीनको जुरोङ यानले मंगल ग्रहबाट पहिलोपटक पठायो तस्बिरहरु

चीनको जुरोङ यानले मंगल ग्रहबाट पहिलोपटक पठायो तस्बिरहरु

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १०:३५,

तस्बिरहरुमा थोरै मात्रमा मंगल ग्रहको सतहहरु र यानकै भागहरु देखिएको छ।

चीनको अन्तरिक्षयान गएको आइतबार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो।

सो अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको थियो।

मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गरेको उक्त यानले कम्तीमा त्यहाँको ९० दिन काम गर्ने अपेक्षा चिनियाँ वैज्ञानिकहरूको छ।

चिनियाँ यानबाट खिचिएको अगाडिको तस्बिर

जुरोङ २४० किलो तौलको छ र सौर्य ऊर्जाबाट चल्छ। सो यानको अग्लो भागमा क्यामरा राखिएको छ जसले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ।

जुरोङमा क्यामराबाहेक अन्य पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन्।

अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्समा जस्तै यसमा पनि लेजर प्रविधिले चट्टानको अध्ययन गर्ने उपकरण छ। बीबीसी

Rear view

A model shows Zhurong to have a similar look to Nasa's Spirit and Opportunity vehicles

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .