स्पेन सरकारले कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
बिहीबार स्वास्थ्य सामग्रीसहित चार्डड जहाजमा स्पेनका लागि नेपाली राजदूत दावा फूटी शेर्पा पनि काठमाडौं आर्लिइन्।
स्पेनबाट आएको स्वास्थ्य सामग्री ग्रहण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हृदयश त्रिपाठी आफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
स्पेनबाट प्राप्त सावास्थ्य सामग्री स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका निर्देशक म्याग्डी मार्टिनेज सोलेमनले स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण गरे।सामग्री बुझ्दै मन्त्री त्रिपाठीले महामारीको समयमा स्पेनको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
सोलेमनले महामारीविद्ध लड्नका लागि स्पेनको ऐक्यवद्धता रहेको भन्दै प्रभावितहरुको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
स्वास्थ्य सामग्री लिएर आएको स्पेनको प्रतितिनिध मण्डलले परराष्ट्र सचिव भरतराज पौडेललाई पनि भेटेको छ। भेटमा दुईपक्षीय सम्वन्ध र महामारीको विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ।
के के सामान आयो स्पेनबाट ?
नेपाल सरकारको अनुरोध पछि स्पेनबाट सहयोग प्राप्त भएको हो। युरोपियन युनियनको सिभिल प्रोटेक्सन मेकानिजम अन्तर्गत स्पेनले स्वास्थ्य सामग्री सहयोग गरेको हो।
स्पेन सरकारले नेपालाई गरेको सहयोगमा १ लाख ४४ हजार थान एन्टिजेन किट, १० थान अक्सिजन कन्सन्टेटर १ लाख ४४ हजार थान एफएफपीयू २ मास्क, ५० वटा अक्सिजन सिलिन्डर र १५ थान भेन्टिलेटर रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।
स्पेनका लागि नेपाली राजदूत शेर्पाले महामारीविरुद्ध सहयोग जुटाउने काम जारी रहेको बताइन्।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा युरोपेली संघकी राजदूत नोना डेप्रेज पनि सहभागि थिइन्।
नेपाली दूतावास स्पेनले कोरोना रोकथाम,नियन्त्रण र उपचारको लागि विभिन्न स्वास्थ्य समाग्रीहरु अत्यावश्यक भएको भन्दै इच्छुक संघ,संस्था तथा व्यक्तिहरुले स्वास्थ्य सामाग्रीहरु नेपाल पठाउन चाहेमा राजदूतावासले आवश्यक समन्वयव गर्ने जनाउँदै अपिल पनि गरेको थियो।
सोही चार्टर उडानमा स्पेनमा रहेका नेपालीहरुले संकलन गरेका स्वास्थ्य सामग्री पनि ल्याएको राजदूत शेर्पाले नेपालखबरलाई बताइन्।
छोटो समयमा नेपालीले सहयोग संकलन गरेको उनले जानकारी दिइन्। 'गैरआवासीय नेपालीहरुले छोटो समयमा स्वास्थ्य सामग्री संकलन गर्नु भयो', शेर्पाले भनिन्, 'यो अन्तन्तै सह्रानीय छ। यो उहाँहरुले संकलन गरेको पहिलो चरणको सहयोग हो।'
गैरआवासीय नेपालीले स्वास्थ्य सामग्री संकलन जारी राखेको उनले बताइन्।
नेपालले युरोपेली युनियन (ईयू) लाई सहयोगको लागि अनुरोध गरेपछि ईयूले आफ्नो सिभिल प्रोटेक्सन मेकानिजमलाई सक्रिय बनायो।
त्यसपछि सहयोगको प्रक्रिया सुरु भएको थियो। गत शुक्रबार स्पेनले नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदै जानकारी दिएको राजदूत शेर्पाले बताइन्।
स्पेनका विदेशमन्त्री अरन्चा गोन्जाले शेर्पालाई सम्पर्क गरेर आफूहरुले सहयोग गर्न लागेको बताएका थिए।
ईयूमा रहेका राजदूतहरुको सहकार्यले सहयोग ल्याउन सम्भव भएको उनले बताइन्।
त्यसपछि स्पेनमा रहेका नेपालीहरु पनि सहयोग संकलन गरेका थिए। स्पेनले नै जहाजमा सामान पठाउने भएपछि नेपालीले संकलन गरेका करिव १ सय किलो स्वास्थ्य सामग्री पनि ल्याउन सजिलो भयो।
स्पेनबाट नेपालीले मास्क, स्यानीटाइजर, पन्जा लगायतका सामग्री पठाएका छन्।
स्पेनबाट आएको चार्टर जहाज शुक्रबार लकडाउनका कारण यहाँ अड्केका स्पेनी नागरिक र पर्वतारोहीलाई लिएर फर्कने छ।
यस अघि कोरोना महामारी सामना गर्नका लागि युरोपियन युनियन ले नेपाललाई २८ करोड २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने जनाइसकेको छ।
सो सहायता अन्तर्गत होम आइसोलेसनमा बसेकालाई टेलि–हेल्थ, टेली–मेडिसिन सेवा प्रदान गर्ने, राष्ट्रिय आपतकालीन मेडिकल टोली परिचालन गर्ने, अन्तर्राष्ट्रिय आपतकालीन मेडिकल टोलीहरुको परिचालनमा सहजीकरण र नेपालमा कोभिड–१९ सम्बन्धी उपकरण खरिद तथा आपूर्ति गर्न सघाउने युरोपियन युनियनले जनाएको छ।
त्यसैगरी ईयू सिभिल प्रोटेक्सन संयन्त्रलाई पनि सक्रिय पारेको जनाएको थियो।
प्रतिक्रिया