ad ad

प्रविधि


इतिहास रच्दै मंगल ग्रह पुगेको चीनको अन्तरिक्षयानले के गर्छ?

इतिहास रच्दै मंगल ग्रह पुगेको चीनको अन्तरिक्षयानले के गर्छ?

नेपालखबर
जेठ २, २०७८ आइतबार ११:५५,

शनिबार चीनको चुरोंग रोभर रातो ग्रहको नामले चिनिने मंगल ग्रहमा पुगेको चीनको अन्तरिक्ष संस्था सीएनएसएले जनाएको छ।

अमेरिकापछि मंगल ग्रहमा अन्तरिक्षयान पठाउने चीन अमेरिकापछि दोस्रो राष्ट्र हो। चुरोंग ६ चक्के यान हो। यो मंगल ग्रहको युटोपिया प्लेनिसिया समतल भूभागमा पुगेको छ। यो क्षेत्र मंगल ग्रहको उत्तरी गोलार्धमा पर्छ।

मंगल ग्रहमा चिनियाँ यान अवतरण गराइनु चुनौतीपूर्ण थियो। अवतरणको ९ मिनेटको अवधिमा सामान्य गल्ती मात्र भएको भए चिनियाँ अभियान असफल हुने थियो।

युटोपिया प्लेनिसियाबाट चीनको रोभरले मंगल ग्रहको तस्बिर पठाउनेछ। पृथ्वी र मंगल ग्रहको वर्तमान दुरी ३२ करोड किलोमिटरको छ, यसको अर्थ त्यहाँ पृथ्वीको रेडियो सन्देश पुग्न १८ मिनेट समय लाग्नेछ।

अमेरिकासँग प्रविधिको सम्बन्धमा प्रतिस्पर्धा चलिरहँदा चीनको यो सफलता ठूलो उपलब्धी हो। अन्तरिक्ष विज्ञानमा अमेरिकाको ऐतिहासिक उपलब्धिहरु छ तर अहिले चीनले उसलाई चुनौती दिइरहेको छ।

हालै चीनले विश्वको पाहिलो क्वान्टम उपग्रह प्रक्षेपण गरेको थियो। त्यसले चन्द्रमामा अवतरण गरेर त्यहाँबाट सफल रुपमा नमूना संकलन गरेको थियो। यस्तै चीनले आफ्नै भिन्दै स्पेस स्टेसन पनि बनाइरहेको छ।

यदी चीनको चुरोंगयानले मंगल ग्रहबाट आगामी ९० दिनमा त्यहाँबाट पृथ्वीमा सूचनाहरु पठाए चीनले मंगल ग्रहको सन्दर्भमा ठूलो सफलता हासिल गर्नेछ।

मंगल ग्रहमा अप्ठेरो र चुनौतीपूर्ण वातावरण छ। त्यहाँ धुलोको आँधी ज्यादै शक्तिशाली छ। कुनैपनि अन्तरिक्ष अभियानको लागि यो चुनौती हो।

चिनियाँ रोभरले के गर्छ?

चिनियाँ रोभर युटोपिया प्लेनिसिया अथवा नोह्वेयर ल्यान्ड प्लेनमा उत्रिएको छ। जुन भाग मंगलको उत्तरी गोलार्धमा पर्छ। यो दुई हजार माइल चौडाइको विशाल खाल्डो हो।

कुनै उल्का पिण्डसँग ठोक्किएपछि यो खाल्डो बनेको बताइएको छ। सन् १९७६ मा नासाका वैज्ञानिकले यस क्षेत्रको बारेमा अनुसन्धान गरेका थिए।

वैज्ञानिकहरुका अनुसार चीनको यान पुगेको क्षेत्र तल पानीको अवशेष भेट्न सकिन्छ। सन् २०१६ मा नासाको वैज्ञानिकले यो निष्कर्ष निकालेका थिए कि त्यहाँ अधिक वरफ छन्।

चीनको तियनवान मिसन अन्तर्गत मंगल पुगेको अन्तरिक्षयानको लक्ष्य त्यस क्षेत्रमा बरफ वितरणको बारेमा राम्रोसँग बुझ्नु हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .