लामो समयदेखि ट्विटर, फेसबुकबाट वञ्चित अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल खोलेका छन्।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनताका हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै, ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीले उनका ‘अकाउन्ट’मा प्रतिबन्ध लगाएका छन्।
त्यसयता आफ्नै प्लेटफर्म खोल्ने बताइरहेका ट्रम्पले अन्ततः डोनाल्डजेट्रम्प.कम सञ्चालन गरेका हुन्।
वेबसाइटमा ट्रम्पका तस्बिर, भिडिओ र सन्देश राखिएका छन्। यसका पोस्ट फेसबुक र ट्विटरमा पनि सेयर गर्न मिल्छ तर उनका पोस्टमा कमेन्ट गर्न मिल्दैन।
3
Shares
प्रतिक्रिया