तर अहिले नयाँ एन्ड्रोइड फोनको प्राइमेरी क्यामेरामै १०८ मेगापिक्सलको सुविधा छ। तर सबैभन्दा महँगो आइफोन १२ प्रो म्याक्समा अझै १२ मेगापिक्सलको क्यामेरा छ।
१२ मेगापिक्सलको क्यामेराले राम्रो तस्बिर खिचेता पनि यसले ८के भिडिओ रेकर्ड गर्न सक्दैन।
आइफोन १४ मा हुनेछ ४८ मेगापिक्सल क्यामेरा
एप्पल इन्साइडरको रिपोर्टअनुसार सन् २०२२ मा आउने आइफोन १४ मा ४८ मेगापिक्सलको क्यामरा सेन्सर दिने सम्भावना छ।
यो सेन्सर ८के जस्तो हाई रिजोलुसनको भिडिओ खिच्न सक्षम छ। यसको मतलब कम्पनीले प्राइमेरी क्यामेराको सेन्सर ४ गुणा स्तरीय बनाउँदैछ।
एन्ड्रोइडका सामसङ ग्यालेक्सी एस २१ सिरिज, साओमीको मी ११ अल्ट्रा र वनप्लस ९ सिरिजका स्मार्टफोनले अहिले ८के भिडिओ खिच्न सक्छन्।
यसैबीच रिपार्टअनुसार आइफोनको मिनी भर्सन फोन बन्द हुने भएको छ। आगामी वर्षदेखि त्यस्ता सिरिजका फोन उत्पादन बन्द हुनेछन्।
एप्पल सन् २०२२ मा ६.१ इन्च र ६.७ इन्च स्क्रिन साइज भएको फोन बनाउनमा केन्द्रित हुनेछ। लाइभ हिन्दुस्तान
प्रतिक्रिया