ad ad

प्रविधि


चिनियाँ यानले चन्द्रमाको ढुंगाको नमुना संकलन गर्‍यो, पठायो पहिलो रंगीन तस्बिर

चिनियाँ यानले चन्द्रमाको ढुंगाको नमुना संकलन गर्‍यो, पठायो पहिलो रंगीन तस्बिर

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ६:२५,

ढुंगाको नमूना संकलन गरेपछि चीनको मुन ल्यान्डरले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर खिचेर पृथ्वीमा पठाएको चीनले जनाएको छ।

चाङ ई–५ मिसन अन्तर्गत चिनियाँ यान यसपटक चन्द्रमामा पुगेको हो।

मंगलबार चिनियाँ यान सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो। १९ घण्टाको अपरेसनपछि बुधबार राति चिनियाँ समयअनुसार १० बजे यानले नमुनाहरु संकलन गर्न सफल भएको ग्लोबल टाइम्सले जनाएको छ।

चिनियाँ यानले नमुना सफलतापूर्वक संकलन गरिसकेको छ। अब यो मुन ल्यान्डर बिहीबारदेखि रिटर्न मोड्यूलमा फर्किनेछ।

चन्द्रमाको ढुंगाको नमुना संकलन गर्दै चिनियाँ यान

चन्द्र कक्षमा पहिल्यैबाट सर्भिस भेइकल तथा रिटर्न मोड्युल मुन ल्यान्डरलाई पर्खिरहेको छ।

मुन ल्यान्डरले नमूनाहरु रिटर्न मोड्युलमा लगेपछि उक्त यान पृथ्वीमा फर्किनेछ। चिनियाँ वैज्ञानिकका अनुसार रिटर्न मोड्युल मंगोलियाको सिजिवाङस्थित घाँसे मैदानमा ल्यान्ड गर्नेछ।

चीनले सन् १९७० को दशकयता पहिलोपटक चन्द्रमाबाट ढुंगाको नमुना ल्याउने प्रयास गर्न लागेको हो।

पृथ्वीमा ल्याइने ढुंगाको नमुना चन्द्रमाको उत्पत्ति र विकासको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ।

Lander

यसअघि अमेरिका र तत्कालिन सोभियत संघ चन्द्रमाबाट ढुंगाको नमुना संकलन गर्न सफल भएका थिए।

हालको योजना सफल भए पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने चीन तेस्रो देश हुनेछ।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ ले सघाउने अपेक्षा विज्ञहरूको छ।

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .